Section 69
श्रमिकप्रति रोजगारदाताको कर्तव्य
(१) व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सम्बन्धमा
रोजगारदाताको श्रमिकप्रति देहाय बमोजिमको कर्तव्य हुनेछ ः–
(क) कार्यस्थलमा सुरक्षा र स्वास्थ्य सम्बन्धी उचित प्रबन्ध गरी काम गर्ने
सुरक्षित वातावरण बनाउने,
(ख) कार्यस्थलमा रासायनिक, भौतिक वा जैविक पदार्थ वा उपकरणको
प्रयोग, सञ्चालन, सञ्चय र परिवहन गर्दा सुरक्षा र स्वास्थ्यमा प्रतिकूल
असर नपर्ने व्यवस्था मिलाउने,
(ग) श्रमिकलाई आवश्यकता अनुसार सुरक्षा र स्वास्थ्य सम्बन्धी आवश्यक
सूचना, जानकारी र तालिम प्रदान गर्ने,
(घ) श्रमिकलाई उपकरण वा कामसँग सम्बन्धित रासायनिक, भौतिक वा
जैविक पदार्थको प्रयोग र सञ्चालनका सम्बन्धमा आवश्यक तालिम र
जानकारी उपयुक्त भाषामा दिने,
(ङ) कार्यस्थलमा सुरक्षित रुपमा प्रवेश गर्ने तथा निस्कने समुचित व्यवस्था
गर्ने ।
(च) श्रमिकलाई आवश्यकता अनुसार व्यक्तिगत सुरक्षा साधन उपलब्ध
गराउने ।
(छ) तोकिए बमोजिमको अन्य व्यवस्था गर्ने
(२) श्रमिकलाई सुरक्षा सम्बन्धी कुनै सुविधा वा उपकरण दिए बापत रोजगारदाताले
श्रमिकबाट कुनै शुल्क वा दस्तुर लिन पाउने छैन ।